citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

माछापुच्छ्रे बैंक भिसा लिडरसिप कन्क्लेभमा लगातार तेस्रो पटक सम्मानित

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले भिसा लिडरसिप कन्क्लेभमा एक्सिलेन्स इन इ-कमर्श एक्वायरिङ विजनेश- एशोसियट क्लायन्ट अवार्ड प्राप्त गरेको छ ।

पीओएस एक्वायरिङ विजनेश अन्तर्गत उत्कृष्ट कार्यसम्पादन र योगदानको कदर स्वरूप प्रदान गरिएको हो ।

यस सम्मानले डिजिटल भुक्तानी सेवामा माछापुच्छ्रे बैंकले हासिल गरेको उपलब्धिलाई थप उजागर गरेको छ ।

यस अवार्डसँगै भिसाबाट माछापुच्छ्रे बैंकले लगातार तेस्रो पटक सम्मान प्राप्त गरेको छ । यसअघि बैंकले सन् २०२४ मा एक्सिलेन्स इन इ-कमर्श एक्वायरिङ विजनेश र सन् २०२३ मा एक्सिलेन्स इन इ–कमर्श एक्वायरिङ – एशोसियट मेम्बर अवार्ड प्राप्त गरेको थियो ।

भिसाबाट प्राप्त यो निरन्तर सम्मानले डिजिटल भुक्तानी प्रणालीको प्रवद्र्धन, नवीन प्रविधिको अवलम्बन तथा ग्राहकलाई सहज, सुरक्षित र प्रभावकारी भुक्तानी सेवा प्रदान गर्ने माछापुच्छ्रे बैंकको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।

माछापुच्छ्रे बैंक यसअघि पनि इन्फोसिस फिनाकल इनोभेसन अवाड्र्स २०२६ अन्तर्गत म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट विधामा प्लेटिनम अवार्ड र इन्डियन चेम्बर अफ कमर्सद्वारा आयोजित फोर्थ इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवाड्र्स २०२६ मा बेस्ट पर्फर्मेन्स अन रिस्क म्यानेजमेन्ट लगायत अन्य अन्तराष्ट्रिय पुरष्कारहरुद्वारा सम्मानित भएको छ ।

IME Life
ofukuro
kumari