citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

बालेन र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुने

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ। आइतबार दिल्ली पुगेका शाहले भारतीय समयअनुसार सोमबार बिहान ११ बजे भारतीय प्रधानमन्त्री मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम छ।

आइतबार साँझ शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबिच ताज होटलमा संक्षिप्त वार्ता भएको थियो।

आज मोदीसँग करिब आधा घण्टाको वार्तापछि दिउँसो १२ः२५ बजे दुई प्रधानमन्त्रीबिच समझदारीपत्र आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी गर्ने तालिका छ।

मोदीसँगको भेटमा नयाँ एयर रुटमा ‘ब्रेक थ्रु’ हुने प्रधानमन्त्री शाहको अपेक्षा त्यसअघि आज बिहान १० बजे दिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गर्ने तालिका छ।

प्रधानमन्त्री शाहसँग मन्त्रीहरू,उच्च सरकारी अधिकारी, उद्योगी–व्यवसायी तथा पत्रकार पनि दिल्ली पुगेका छन्। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो राजकीय भारत भ्रमण हो।

IME Life
kumari