citizens life insurance long ad
stcnepal long ad
ime life insurance

लक्ष्मी लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।

संस्थाको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ४४ करोड १६ लाख ६२ हजार १०० रुपैयाँको कुल ५ प्रतिशतले हुन आउने २ करोड २० लाख ८३ हजार १०५ रुपैयाँब राबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा ४.७५ प्रतिशतले हुन आउने २ करोड ९ लाख ७८ हजार ९४९.७५ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशतले हुन आउने ११ लाख ४ हजार १५५.२५ रुपैयाँ बराबरको नगद लाभांश छन्।

यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

IME Life
kumari