citizens life insurance long ad
stcnepal long ad

फोर्डको नयाँ ईभीका लागि अमेरिकामै बन्न थाल्यो एलएफपी ब्याट्री, क्याटलसंग सहकार्य

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । फोर्डले चिनियाँ ब्याट्री निर्माता क्याटल(सीएटीएल) को प्रविधि प्रयोग गरेर अमेरिकामै एलएफपी (लिथियम आइरन फस्फेट) ब्याट्री उत्पादन थालेको छ ।

अमेरिकाको मिसिगनस्थित ब्लूओभल ब्याट्री पार्कमा उत्पादन भएका यी सेल फोर्डको विद्युतीय पिकअप ट्रक फ्याथमका प्रोटोटाइपमा प्रयोग गरिने जनाइएको छ ।

फोर्डले आफ्नै स्वामित्व र सञ्चालनमा रहेको उक्त प्लान्टमा क्याटलबाट लाइसेन्स प्राप्त प्रविधि प्रयोग गरी ब्याट्री उत्पादन गरेको हो । पहिलो खेप केन्टकीस्थित लुइसभिल एसेम्बली प्लान्टमा पठाइएको कम्पनीले जनाएको छ ।

उक्त प्लान्टका उत्पादन लाइनले प्रतिमिनेट ४० वटा प्रिज्म्याटिक एलएफपी सेल उत्पादन गर्न सक्छन् । यसलाई चीनबाहिर रहेका तीव्र गतिको एलएफपी ब्याट्री उत्पादन लाइनमध्ये एक मानिएको छ ।

एलएफपी ब्याट्रीमा निकेल र कोबाल्ट प्रयोग नहुने भएकाले यसको उत्पादन लागत तुलनात्मक रूपमा कम हुन्छ । साथै, यस्तो ब्याट्रीको आयु लामो हुने र पटक–पटक चार्ज गर्दा पनि टिकाउ रहने विशेषता हुन्छ । फोर्डले विद्युतीय सवारीको मूल्य घटाउने उद्देश्यले यो प्रविधि अपनाएको हो ।

IME Life
kumari