citizens life insurance long ad
stcnepal long ad

कामना सेवा विकास बैंकको मुनाफा २३ करोड ११ लाख

अधिकांश वित्तीय सूचकमा चमत्कारीक प्रगति

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कामना सेवा विकास बैंक लि.ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा र प्रतिसेयर आम्दानी दुवैमा उल्लेख्य सुधार गरेको छ ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार असोज मसान्तसम्म २३ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा १९ करोड ७५ लाख ८४ हजार रुपैयाँमात्र मुनाफा आर्जन गरेको थियाे।

गत आर्थिक वर्षकाे साेही अवधिकाे तुलनामा १६.९९ प्रतिशत बढी मुनाफा आर्जन गर्न सफल भएकाे छ । गत वर्षको पहिलो त्रैमासको तुलनामा बैंकको नाफा बढ्नुमा खराब कर्जा बापतको इम्पेरिमेन्ट चार्ज घटेकाले सहयोग गरेको देखिन्छ । गत वर्ष ११ करोड ६ लाख रुपैयाँ रहेको यस्तो चार्ज चालु आर्थिक वर्षको समीक्षा अवधिमा घटेर ४ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ ।

बैंकको खुद ब्याज आम्दानीमा सामान्य वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले ६२ करोड ६४ लाख ८७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ६१ करोड ७६ लाख ३६ हजार रुपैयाँ मात्र थियो । यसअनुसार खुद ब्याज आम्दानी १.४३ प्रतिशत बढेको देखिन्छ ।

समीक्षा अवधिमा बैंकले ११ करोड २ लाख ३६ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी गरेको छ । बैंकको कुल सञ्चालन आम्दानी ७४ करोड ५८ लाख ८४ हजार रुपैयाँ पुगेको छ र सञ्चालन नाफा ३३ करोड ८७ लाख ७० हजार रुपैयाँ रहेको छ ।

यस्तै बैंकको वितरणयोग्य नाफा १५ करोड २१ लाख ६७ हजार रुपैयाँ रहेकाे छ । यसका आधारमा बैंकको वार्षिकीकृत लाभांश क्षमता १५.७६ प्रतिशत रहेको बैंकद्वारा जारी वित्तीय विवरणमा उल्लेख गरिएकाे छ । कामना विकास बैंकको चुक्ता पुँजी ४ अर्ब २१ करोड १९ लाख ३० हजार रुपैयाँ र जगेडा कोष २ अर्ब २२ करोड ८३ लाख ८७ हजार रुपैयाँ रहेको छ ।

यसैगरी बैंकले निक्षेप संकलन र कर्जा विस्तारमा पनि वृद्धि गरेको छ । गत असोज मसान्तसम्म बैंकले ६७ अर्ब ९० करोड ४७ लाख ९ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको निक्षेप ६६ अर्ब १७ करोड ७५ लाख २४ हजार रुपैयाँमात्र थियो । यसअनुसार बैंकको निक्षेप संकलन २.६० प्रतिशत बढेको देखिन्छ ।

त्यस्तै, बैंकले असोज मसान्तसम्म ५६ अर्ब ३४ करोड ५३ लाख ३३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको कर्जा लगानी ५४ अर्ब २० करोड ३८ लाख ७१ हजार रुपैयाँमात्र थियो । यस अवधिमा बैंकको कर्जा लगानी ३.९५ प्रतिशत बढेको छ ।

यस्तै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि सुधार आएको देखिन्छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २० रुपैयाँ ४६ पैसा रहेको प्रतिसेयर आम्दानी बढेर चालु आर्थिक वर्षको सोही अवधिमा बढेर २३ रुपैयाँ १३ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ८४ पैसा र मूल्य आम्दानी अनुपात २०.५८ गुणा रहेको छ ।

यसैगरी, बैंकले खराब कर्जाको अनुपात पनि घटाउन सफल भएको छ । गत आर्थिक वर्षको असोज मसान्तमा ४.४१ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ३.९३ प्रतिशतमा झरेको छ । विगत तीन महिनामा खराब कर्जा ०.४८ प्रतिशतले घटाउन बैंक व्यवस्थापन सफल भएकाे छ।

IME Life
kumari