citizens life insurance long ad
stcnepal long ad

आइएमई लाइफ इन्स्योरेन्स बीमा दाबी भुक्तानीमा आक्रामक बन्दै 

एक महिनामै बाँड्यो ५ करोड ८३ लाख

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले असोज महिनामा कुल ५ करोड ८३ लाख रुपैयाँभन्दा बढी बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार असोज २०८३ मा विभिन्न प्रकारका बीमालेखअन्तर्गत १६२ वटा दाबीको भुक्तानी गरेको हो।

कम्पनीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कन्भेन्सनल बीमालेखअन्तर्गत ३१ वटा दाबीको भुक्तानी गरेको छ। यसबापत कम्पनीले २ करोड १ लाख ४७ हजार ७३९ रुपैयाँ ८४ पैसा भुक्तानी गरेको छ।

त्यस्तै, वैदेशिक रोजगार बीमालेख अन्तर्गत १६ वटा दाबीको भुक्तानी गरिएको छ। यस शीर्षकमा कम्पनीले १ करोड ८७ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको छ।

यसैगरी, लघु म्यादी बीमालेख अन्तर्गत सबैभन्दा धेरै ११५ वटा दाबीको भुक्तानी भएको छ। कम्पनीले यस शीर्षकमा १ करोड ९४ लाख ४९ हजार ९८५ रुपैयाँ ६८ पैसा भुक्तानी गरेको छ।

IME Life
kumari