citizens life insurance long ad
stcnepal long ad

एनपीएलले पायो आईसीसीको मान्यता,नेपाली क्रिकेटको उचाइ बढेको क्यानको दाबी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट आधिकारिक  मान्यता पाएसँगै नेपाली क्रिकेटको विश्वसनीयता अन्तर्राष्ट्रिय स्तरमा पुगेको जनाएको छ ।

शनिबार टीयु क्रिकेट ग्राउण्डमा आयोजित पत्रकार सम्मेलनमा क्यानमा सचिव पारस खड्काले एनपीएलले आईसीसीबाट आधिकारिक मान्यता पाएसँगै नेपाली क्रिकेटको उचाई बढेको बताएका हुन् । उनले नेपाल प्रिमियर लिग (एनपीएल) लाई फरक र नयाँ डाइनामिक्सका साथ प्रस्तुत गरिने धारणा राखे ।

एनपीएलमा आइसीसीको एन्टी–करप्सन कोडलाई पूर्ण रूपमा लागू गरिने उनले बताए । सचिव खड्काले स्पट फिक्सिङ, म्याच फिक्सिङ र अन्य नियम उल्लङ्घनका विषयमा आइसीसीको अन्तर्राष्ट्रिय कानून तथा नियम अनुसार नियामक निकायमार्फत कारबाही हुने व्यवस्था गरिएको बताए । .

एनपीएलमा प्रत्येक टिममा ७ जना नेपाली खेलाडी अनिवार्य रूपमा खेलाउनुपर्ने र अधिकतम ८ जनासम्म विदेशी खेलाडीहरू राख्न पाउने प्रावधान रहेको क्यानले जनाएको छ ।

क्यान सचिव खड्काले आगामी नोभेम्बर १९ देखि २१ सम्म नेपालमा आइसीसी एसिया कन्फरेन्स आयोजना हुने जानकारी दिए । सम्मेलनमा एसियाली राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी भई नेपाल प्रिमियर लिग र नेपाली क्रिकेटको विकासबारे छलफल हुने उनले बताए ।

 

IME Life
kumari