सेबोनमा थप ४ वटा जलविद्युत कम्पनीहरुले आईपीओ निष्काशनको अनुमतिका लागि आवेदन
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा थप ४ वटा जलविद्युत कम्पनीहरुले आईपीओ निष्काशनको अनुमतिका लागि आवेदन दिएका छन् ।
सेबोनका अनुसार साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड, पिस इनर्जी कम्पनी लिमिटेड, युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेड र मुनलाइट हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशनको अनुमति माग गर्दै आवेदन दिएका हुन् ।
साशा इन्जिनियरिङ हाइड्रोले ३१ लाख कित्ता शेयर निष्काशनको अनुमति माग आवेदन दिएको छ ।पिस इनर्जीले ३२ लाख कित्ता साधारण सेयर जारीको अनुमति माग गरेको छ ।
यता, युनिटेक हाइड्रोपावर कम्पनीले १९ लाख ७० हजार कित्ता शेयर निष्काशनको अनुमति माग गर्दै आवेदन दिएको छ भने मुनलाइट हाइड्रोपावर कम्पनीले ९२ लाख ४१ हजार ४२६ कित्ता शेयर निष्काशनको अनुमति माग सेबोनमा आवेदन दिएको छ ।




















