citizens life insurance long ad

स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा बिक्री गर्ने १४ कम्पनीलाई प्राधिकरणले ५० हजार रुपैयाँ जरिवाना 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन तथा स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बिक्री गर्ने १४ वटा इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनी कारबाहीमा परेका छन्। प्राधिकरणले ती कम्पनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको हो।

प्राधिकरणले गरेको अनुगमन तथा जाँचबुझका क्रममा अनुमतिपत्रका सर्तविपरीत कार्य गरेको पाइएपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (१) बमोजिम कारबाही गरिएको हो।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार स्वीकृत प्याकेजअनुसार सेवा उपलब्ध नगराएको, तोकिएको भन्दा बढी शुल्क असुलेको, विनास्वीकृति नयाँ प्याकेज बिक्री गरेको तथा ग्राहकलाई पूर्वजानकारी नदिएका कारण कम्पनीहरूमाथि जरिवाना गरिएको हो।

प्राधिकरणले एरोनेट प्रा.लि., ब्रोडलिङ्क नेटवर्क एन्ड कम्युनिकेसन प्रा.लि., सीजी कम्युनिकेसन लि., क्लासिक टेक प्रा.लि., डिश मिडिया नेटवर्कलगायत छन् ।

प्राधिकरणले अनुमति नलिई सञ्चालन गरिएका सम्पूर्ण इन्टरनेट प्याकेज तथा शुल्क तुरुन्त खारेज गरी त्यसको विवरण पेश गर्न निर्देशन दिएको छ । साथै, यस्ता अनधिकृत प्याकेजका कारण ग्राहकलाई पर्न गएको हानि-नोक्सानीको क्षतिपूर्ति ग्राहकको मागबमोजिम उपलब्ध गराउनसमेत आदेश दिइएको छ।

कुनै पनि नयाँ प्याकेज वा महसुल दर कार्यान्वयनमा ल्याउनुअघि अनिवार्य रूपमा पूर्वस्वीकृति लिन प्राधिकरणले सेवा प्रदायकहरूलाई पुनः सचेत गराएको छ।

स्वीकृत दरभन्दा बढी शुल्क लिएको वा गैरकानुनी रूपमा सेवा सञ्चालन गरेको पाइएमा तत्काल प्राधिकरणमा उजुरी दिनसमेत सेवाग्राहीलाई आग्रह गरिएको छ।

IME Life
kumari