citizens life insurance long ad

जीवन बीमकको कुल व्यापार ४० अर्ब ५४ करोड

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८२/८३ को भदौ महिनासम्ममा साढे ४० अर्ब माथि कुल बीमाशुल्क संकलन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङक अनुसार जीवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा ४ लाख ८३ हजार ६६४ वटा बीमा पोलिसी विक्री गरी ४० अर्ब ५४ करोड १४ रुपैयाँ कुल बीमाशुल्क संकलन गर्न सफल भएका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा १० अर्ब ५८ करोड ८ करोड कुल बीमाशुल्क संकलन गरेको छ ।

दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ८५ करोड कुल बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ४१ करोड कुल बीमाशुल्क संकलन गरेको छ ।

हिमालयन लाइफ इन्स्योरेन्सले ३ अर्ब ५९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एलआइसी नेपालले ३ अर्ब ६७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

मेट लाइफ इन्स्योरेन्सले १ अर्ब १९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफ १ अर्ब ८२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले १ अर्ब ४८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सले ७७ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपानल लाइफ इन्स्योरेन्सले १ अर्ब २६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सले १ अर्ब ६९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले २ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १ अर्ब ४२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ अर्ब २७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

IME Lifesidebar
kumari