citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

नेपाल एसबिआई बैंकद्वारा परोपकार तथा अनुसन्धान केन्द्रलाई सहयोग

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल एसबिआई बैंकले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत परोपकार तथा अनुसन्धान केन्द्र (वृद्वआश्रम), बिर्तामोड, झापालाई असहाय, घरबारविहीन र शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूलाई सहयोग पु¥याउने उद्देश्यले अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ ।

कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले आश्रमका अध्यक्ष बिष्णु कार्कीलाई उक्त सामग्रीहरु हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत, प्रबिण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत, रोशन कोईराला, कोशी प्रदेश प्रमुख, दमयन्ती जोशी र बैंक तथा आश्रमका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा यस्ता गतिविधिहरु समय समयमा गर्दै आइरहेको छ ।

साथै, नेपाल एसबिआई बैंकले इटहरी उपमहानगरपालिका –१, धरान रोड, सुनसरीमा रहेको बैंकको इटहरी शाखा सोही उपमहानगरपालिकाको वडा नं–०९ स्थित बिष्ट कम्प्लेक्समा स्थानान्तरण गरेको छ । त्यसैगरी, बैंकले इलाम नगरपालिका –१ इलाम बजारमा रहेको इलाम शाखा, सोही नगरपालिकाको वडा नं–०७ स्थित इलाम बजारमा स्थानान्तरण गरी दुबै शाखाले नयाँ परिसरबाट सेवा सुभारम्भ गरेका छन ।

उक्त शाखा कार्यालयहरुको नयाँ भवन परिसर उद्घाटन बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीले गरेका थिए । यसबाट ग्राहकवर्गलाई थप सुबिधा सहितको बैकिङ सेवा उपलब्ध हुने अपेक्षा बैंकले राखेको छ ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३३ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०४ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

IME Life
kumari