citizens life insurance long ad

नेपा एपमा नयाँ उपकरण थप

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै सञ्चालनमा रहेको नेपा एपले आफ्नो नयाँ संस्करणमार्फत दैनिक जीवनमा उपयोगी हुने १० भन्दा बढी नयाँ उपकरण थप गरेको छ । एपलाई थप उपयोगी, सहज र बहुउद्देश्यीय बनाउने उद्देश्यले नयाँ उपकरण थप गरिएको हो ।

नयाँ संस्करणमा पीडीएफ कागजात स्क्यान गर्ने उपकरण, क्यूआर कोड स्क्यान गर्ने उपकरण, इन्टरनेट गति परीक्षण, महिनावारी चक्र विवरण राख्ने उपकरण, एकाइ रूपान्तरण, हिसाब गर्ने उपकरण, टिपोट तथा सम्झना गराउने सुविधा, ऋण हिसाब गर्ने उपकरण, आफ्नो स्थान पत्ता लगाउने सुविधा र कर हिसाब गर्ने उपकरण लगायतका सुविधा समावेश गरिएको छ ।

प्रयोगकर्ताले पीडीएफ कागजात स्क्यान गर्ने उपकरणमार्फत मोबाइलबाटै आवश्यक कागजात स्क्यान गरी पीडीएफ बनाउन सक्नेछन् भने क्यूआर कोड स्क्यान गर्ने उपकरणबाट विभिन्न क्यूआर कोड सजिलै स्क्यान गर्न सक्नेछन् । त्यस्तै, इन्टरनेट गति परीक्षण सुविधामार्फत मोबाइलको इन्टरनेट गति परीक्षण गर्न सकिनेछ ।

विशेषगरी महिलाहरूका लागि उपयोगी हुने महिनावारी चक्र विवरण राख्ने उपकरणमार्फत महिनावारीको चक्र तथा सम्बन्धित मितिहरूको विवरण राख्न सकिनेछ। साथै, महिनावारी हुन सक्ने सम्भावित दिनको जानकारी तथा सम्झना गराउने सूचना प्राप्त गर्न सकिनेछ ।

एकाइ रूपान्तरण र हिसाब गर्ने उपकरणले दैनिक आवश्यक पर्ने सामान्य गणना तथा विभिन्न एकाइको रूपान्तरणलाई सहज बनाउनेछन् ।

त्यसैगरी, टिपोट तथा सम्झना गराउने सुविधामार्फत महत्वपूर्ण कुराहरू लेखेर सुरक्षित राख्नुका साथै आवश्यक समयमा सम्झनका लागि सूचना निर्धारण गर्न सकिनेछ । प्रयोगकर्ताले आफ्ना महत्वपूर्ण जानकारीलाई आवाजको टिपोटका रूपमा समेत सुरक्षित गर्न सक्ने सुविधा उपलब्ध गराइएको छ ।

ऋण हिसाब गर्ने उपकरणबाट ऋणको किस्ता तथा भुक्तानीसम्बन्धी सामान्य हिसाब गर्न सकिनेछ भने कर हिसाब गर्ने उपकरणबाट आम्दानी तथा करसम्बन्धी अनुमानित गणना गर्न सकिनेछ। त्यस्तै, स्थान साझेदारी सुविधामार्फत प्रयोगकर्ताले आफ्नो स्थान सम्बन्धी जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।

नेपा एपका अनुसार नयाँ उपकरण थप गर्नुको उद्देश्य नेपाली प्रयोगकर्ताले दैनिक रूपमा आवश्यक पर्ने विभिन्न डिजिटल सेवाहरू एउटै एपबाट सहज रूपमा प्रयोग गर्न सकून् भन्ने हो । आगामी दिनमा पनि प्रयोगकर्ताको आवश्यकता र सुझावअनुसार थप उपयोगी सुविधा तथा उपकरणहरू थप गर्दै जाने एपले जनाएको छ ।

नेपा एपमा यसअघि नै नेपाली पात्रो, पञ्चाङ्ग, राशिफल, नेपाली समाचार, जिल्ला समाचार, नेपाली एफएम रेडियो, चर्चामा रहेका विषय तथा अन्य विभिन्न सामग्री उपलब्ध हुँदै आएका छन् । नयाँ उपकरण र आगामी सुविधाहरू थपिएसँगै एपले नेपाली प्रयोगकर्ताका दैनिक आवश्यकता तथा उपयोगी जानकारीलाई एउटै माध्यममा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ ।

IME Lifesidebar
kumari