citizens life insurance long ad

पूर्वाञ्चल ल्युब आयल लिमिटेडले आईपीओ निष्कासनको तयारी

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पी.एल.ओ. ब्रान्डका ल्युब आयल उत्पादन गर्दै आएको पूर्वाञ्चल ल्युब आयल लिमिटेडले आईपीओ निष्कासनको तयारी अघि बढाएको छ।कम्पनीको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएसँगै बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासनको प्रक्रिया अघि बढाइएको हो।

साधारणसभाले सञ्चालक समितिबाट प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक तथा वित्तीय प्रतिवेदनसहित विभिन्न प्रस्तावहरू पारित गरेको छ। सभाले चुक्ता पुँजीमा करसहित ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत अनुमोदन गरेको छ।

त्यस्तै, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति, बजेट, सञ्चालकहरूको पारिश्रमिक तथा नयाँ सञ्चालक समिति चयनसम्बन्धी प्रस्ताव पनि सभाबाट पारित भएका छन्।

यसैबीच, नेपाल स्टक एक्सचेञ्जका अनुसार पूर्वाञ्चल ल्युब आयलले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासनका लागि योग्य संस्थागत लगानीकर्तातर्फ ६ लाख कित्ता शेयर छुट्याएको छ।

आईपीओ निष्कासन मार्फत पूँजी विस्तार गरी व्यवसायलाई थप विस्तार गर्ने कम्पनीको योजना रहेको छ। कम्पनीले पूँजी वृद्धि र लगानी विस्तारसँगै उत्पादन तथा व्यावसायिक गतिविधिलाई थप विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

IME Lifesidebar
kumari