citizens life insurance long ad
stcnepal long ad

स्कुुुल अफ ब्युटिसियन आईटीसी स्किल डेभलपमेन्ट  ट्रेनिङ सेन्टर,रुस्काज् ब्युटि स्टुडियो प्रभु बैंकबीच विशेष छुट सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

 

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौ,कमलादी स्थित रुस्काज् ब्युटि स्टुडियो र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई सौेन्द्रर्य सम्बन्धि सेवा सुविधामा (Hair cutting,Threading , Beauty related classes Hairchemical,Facial&SkinTreatment,Nail/Manicure/Pedicure/WaxingMake up & Make up package and cosmetic/Skin care Product) विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
एक समारोहका बिच रुस्काज् ब्युटि स्टुडियोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रुस्काज् वैध श्रेष्ठ र प्रभु बैंक लि.का तर्फबाट प्रमुख प्रदेश अधिकारी बागमती प्रदेश (#) प्रचिता श्रेष्ठ ले समझदारी ज्ञापनपत्र (MOU)मा हस्ताक्षर गर्नुभएको छ ।

समारोहमा प्रभु बैंकको तर्फबाट कमलादी शाखाकी अधिकृत राधा गुरुङ तथा रुस्काज् ब्युटि स्टुडियोका तर्फबाट प्रबन्ध निर्देशक रवि भक्त श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु तथा कर्मचारीहरुले रुस्काज् ब्युटि स्टुडियोमा माथि उल्लेखित सौेन्द्रर्य सम्बन्धि सेवा लिँदा ग्राहकहरुलाई ५% देखि २०% सम्म र कर्मचारीहरुलाई ५% देखि ३०% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा बिद्युतिय प्रणाली मध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले प्रभु बैंक लिमिटेडको कर्मचारी परिचयपत्र समेत पेश गर्नुपर्ने छ ।

 

IME Life
kumari