citizens life insurance long ad

ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषणा

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ।

संस्थाको सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ६४ करोड ८२ लाख ९७ हजार ७९७.२२ रुपैयाँको कुल ९.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा ६ प्रतिशतले हुन आउने ३ करोड ८८ लाख ९७ हजार ८६७.८३ रुपैयाँबराबरको बोनस शेयर र ३.५ प्रतिशतले हुन आउने २ करोड २६ लाख ९० हजार ४२२.९० रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

IME Lifesidebar
kumari