citizens life insurance long ad

हाथवे इन्भेस्टमेन्टका हेमराज ढकालले २० लाख कित्ता संस्थापक सेयर बेच्ने

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडका संस्थापक सेयरधनी हेमराज ढकालले आफ्नो स्वामित्वमा रहेको २० लाख कित्ता सेयर बिक्री गर्ने भएका छन्।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको जानकारीअनुसार धितोपत्र बोर्डको निर्देशन बमोजिम संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुभन्दा १५ दिनअघि जानकारी गराउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार ढकालले आगामी तीन महिनाभित्र २० लाख कित्ता सेयर बिक्री गर्ने मनसायसहित कम्पनीमा निवेदन दिएका छन्।

कम्पनीका अनुसार उक्त निवेदन २०८३ असोज ५ गते प्राप्त भएको हो। ढकालले बिक्री गर्न चाहेको सेयर संख्या २० लाख कित्ता रहेको कम्पनीले जनाएको छ।

IME Lifesidebar
kumari