साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले देशमा विपत् वा अप्ठ्यारोको अवस्थामा पनि खाद्यान्न आपूर्ति श्रृङ्खलालाई नियमित गर्दै
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले देशमा विपत् वा अप्ठ्यारोको अवस्थामा पनि खाद्यान्न आपूर्ति श्रृङ्खलालाई नियमित गर्दै आएको छ ।
प्राकृतिक वा मनसुनजन्य विपत्, सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यका र दुर्गम क्षेत्रमा हुन सक्ने कृत्रिम अभावलाई सहज गर्न कर्पोरेसनले विगतदेखि सहज र सर्वसुलभ आपूर्ति व्यवस्थापन गर्दै आइरहेको जनाएको छ ।
कर्पोरेसनका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश झाले कर्पोरेसनले प्राकृतिक वा मनसुनजन्य विपत्, सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यका र दुर्गम क्षेत्रमा हुन सक्ने नुन कृत्रिम अभावलाई रोक्न नुन, चिनी,गेडागुडी,तेल,दाल,मसला,चामल लगायतका वस्तुमा सधैँ ‘बफर स्टक’ सुरक्षित राखेको जानकारी दिएका छन ।
सहायक प्रमुख कार्यकारी अधिकृत झाका अनुसार भूकम्प, कोभिड र अहिले बाढीपछिको अवस्थामा पनि अत्यावश्यक खाद्य सामग्रीको आपूर्ति नियमित हुँदै आएको छ । वर्तमान अवस्थामा पनि कर्पोरेसनले १० दिनभित्रै सल्टाउने गरी ग्यास आपूर्ति बढाउन थालेको छ।
कृष्णभिरकाे बाटाे खुलेपछि एसटीडी ग्यासकाे आपूर्ति सहज हुनेछ। कर्पाेरेसनले तराई मधेसका जिल्लाहरूबाट ग्यास सिलिन्डर भरि काठमाडौं उपत्यकाका डिलर र बिक्रेता मार्फत परल मूल्य २१६५ रूपैयाँमै ग्यास उपलब्ध गराउदै आएकाे छ।
उनका अनुसार कर्पोरेसनमा तत्काललाई आवश्यक चिनी पर्याप्त मौज्दात रहेकाले चिनी अभाव पनि हुने छैन । कर्पाेरेसनले १२० रूपैयाँमै चिनी उपलब्ध गराउदै आएकाे छ।
भन्सार छुटमा भारतबाट १० हजार टन चिनी ल्याउन प्रक्रिया अघि बढाइसकेकाले यसको आपूर्तिमा पनि समस्या नहुने उनले बताएका छन ।
झाका अनुसार कर्पोरेसनको आफ्नै पहलमा ल्याउन लागेको दुई हजार पाँच सय मेट्रिक टन चिनी वीरगन्ज भन्सारमा आइपुगेको छ । आन्तरिक उद्योगबाट खरिद गर्ने १२ हजार मेट्रिक टन चिनी आउने क्रममा रहेकाले बजारमा अब चिनीको अभाव नहुने झाले बताएका छन ।
त्यस्तै उनले आगामी ७ महिनाका लागि नुन मौज्दात रहेकाले यसमा पनि कुनै समस्या नहुने स्पष्ट पारेका छन ।
सार्वजनिक–निजी साझेदारीमार्फत सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड २०२० भदौ २७ गते स्थापना भएको कम्पनी हो । सुरुमा मुलुकभर आयोडिनयुक्त नुनको सहज र व्यवस्थित आपूर्ति गर्ने उद्देश्यका साथ स्थापना भएको कर्पोरेसनले अहिले दैनिक उपभोग्य वस्तु नुन, चिनी, खानेतेल, चामल, दाल,गेडागुडी,मुलादेखि रासायनिक मल जस्ता कृषि सामग्री आपूर्तिसम्मको काम गरिरहेको छ । परल मुल्यमा गुणस्तरीय सामाग्री सहज रूपमा उपलब्ध गराउदै आएकाे छ।


























