stcnepal long ad
global ime bank long

विपदग्रस्त क्षेत्रमा रिपोर्टिङ गर्न जाने स्वदेशी तथा विदेशी पत्रकारलाई सूचना विभागले विदाको दिन पनि सेवा दिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी प्रभावित क्षेत्रमा समाचार सङ्कलनका लागि जाने स्वदेशी तथा विदेशी पत्रकारलाई सहज रूपमा प्रेस प्रतिनिधि प्रमाणपत्र उपलब्ध गराउन सूचना तथा प्रसारण विभागले सार्वजनिक बिदाका दिनसमेत सेवा दिने भएको छ।

विभागले शुक्रबार सूचना जारी गर्दै भदौ १२ देखि १४ गतेसम्म सार्वजनिक बिदाका दिनसमेत सेवा प्रवाह हुने जनाएको हो । विभागका अनुसार बाढी प्रभावित क्षेत्रमा समाचार सङ्कलनका लागि इच्छुक नेपाली तथा विदेशी सञ्चारमाध्यमका पत्रकारले विभागको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

नेपाली पत्रकारले आवेदन दिँदा नेपाली नागरिकताको प्रमाणपत्र, सञ्चारमाध्यमले दिएको नियुक्तिपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्रका लागि संस्थाको सिफारिस, शैक्षिक योग्यताको प्रमाणपत्र, नवीकरण/अद्यावधिक भएको संस्थाको प्रमाणपत्र, प्रतिबद्धता पत्र तथा तलब भुक्तानी प्रमाणित बैंक विवरणलगायत कागजात पेश गर्नुपर्नेछ ।

त्यस्तै, विदेशी पत्रकारले प्रवेशाज्ञा भएको राहदानीको प्रतिलिपि, नियुक्ति वा सम्झौतापत्र, सम्बन्धित सञ्चार संस्थाको सिफारिस, सम्बन्धित देशको परराष्ट्र मन्त्रालय वा नेपालस्थित दूतावास/कन्सुलर कार्यालयको सिफारिसपत्र तथा संस्थाको परिचयपत्रलगायत कागजात पेश गर्नुपर्ने विभागले जनाएको छ।

अनलाइन आवेदन स्वीकृत भएपछि प्रेस प्रतिनिधि प्रमाणपत्र तथा पत्रकार परिचयपत्र लिन आवेदक स्वयं विभागमा उपस्थित हुनुपर्नेछ । त्यसका लागि नियमानुसारको शुल्क अनलाइनबाट भुक्तानी गरी पासपोर्ट साइजका दुई प्रति तस्बिरसमेत लिएर उपस्थित हुनुपर्ने विभागले जनाएको छ ।

बाढीबाट प्रभावित क्षेत्रमा समाचार सङ्कलन तथा रिपोर्टिङलाई सहज बनाउन विभागले सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।

IME Lifesidebar
kumari