सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न चार वटा निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न चार वटा निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । ‘
विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी चार निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको हो।
‘कालोसूचीमा राखिएका निर्माण व्यवसायी/आपूर्तिकर्ताले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन सक्ने छैनन्,’ सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।
यी हुन् कालोसूचीमा राखिएका चार निर्माण व्यवसायी/आपूर्तिकर्ता :






















