stcnepal long ad
global ime bank long

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा शतप्रतिशत बृद्वि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा निकै उत्साहजनक वित्तीय प्रगति गरेको पाइएकाे छ ।

कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफामा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा १०६.६३ प्रतिशतको बृद्वि गर्दै ३९ करोड ८ लाख ४ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको नाफा १८ करोड ९१ लाख ३६ हजार रुपैयाँ मात्र रहेको थियो । गत आर्थिक वर्षमा कम्पनीको आम्दानी सहितका सूचकमा भएको उत्साहजनक वृद्धिका कारण खुद नाफा बढ्न पुगेको छ ।

यसैगरि कम्पनीको जीवन बीमाकोष १९ अर्ब ८५ करोड ४८ लाख रुपैयाँबाट बढेर २७ अर्ब ६ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको मुख्य व्यवसाय अर्थात् बीमाशुल्क आर्जनमा पनि बलियो सुधार देखिएको छ । गत आर्थिक वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन २५.८७ प्रतिशतले बृद्वि भएर ८ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ७ अर्ब १३ करोड २१ लाख रुपैयाँ रहेको थियो ।

बीमा व्यवसायको विस्तारसँगै कम्पनीको कुल आम्दानी पनि २१.५९ प्रतिशतले वृद्धि भई ११ अर्ब १८ करोड ५० लाख रुपैयाँ पुगेको देखिन्छ ।

यद्यपि व्यवसाय वृद्धिसँगै कम्पनीको कुल खर्च र दाबी भुक्तानीमा पनि वृद्धि भएको देखिन्छ । कम्पनीले यस अवधिमा ८ अर्ब ९१ करोड २७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। कुल खर्च १० अर्ब ७९ करोड ४२ लाख रुपैयाँ पुगेको पाइएकाे छ ।

 

IME Lifesidebar
kumari