stcnepal long ad
ime life insurance
national life
global ime bank long

रोयल इनफिल्ड क्लासिक ३५० मा अव असिस्ट एण्ड स्लिपर क्लच र यूएसबी चार्जिङ पोर्ट पनि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । रोयल इनफिल्डले आफ्नो लोकप्रिय मोडल ‘क्लासिक ३५०’ लाई अपग्रेड गरेर बजारमा ल्याएको छ । कम्पनीले २०२६ संस्करणको क्लासिक ३५० लाई १ लाख ८७ हजार भारुमा सार्वजनिक गरेको हो ।

विगत लामो समयदेखि ग्राहकको मन जित्न सफल यस क्लासिक मेशिनलाई कम्पनीले यस पटक थप आधुनिक, सुरक्षित र बढी उपयोगी फिचर्सका साथ बजारमा उतारेको छ ।

नयाँ २०२६ मोडलमा कम्पनीले ग्राहकको माग र यात्राको सहजतालाई ध्यानमा राख्दै मुख्य दुईवटा ठूला अपडेटहरू गरेको छ । जसमा असिस्ट एण्ड स्लिपर क्लच र युएसबी टाइप सी चार्जिङ पोर्ट सामेल छन् ।

नयाँ क्लासिक ३५० मा पुरानै बलियो र परिचित ३४९ सीसीको जे–सिरिज सिंगल सिलिन्डर इन्जिन प्रयोग गरिएको छ । यस इन्जिनले २०.२ बीएचपी पावर र २७ एनएम टर्क जेनेरेट गर्दछ ।

कम्पनीले यस बाइकको क्लासिक मज्जालाई कायम राख्न सस्पेन्सन सेटअपमा भने कुनै परिवर्तन गरेको छैन । तर सुरक्षाको मामलामा कुनै सम्झौता नगरिएको दाबी कम्पनीको छ । यसमा उत्कृष्ट ब्रेकिङका लागि डुअल च्यानल एबीएस सहितको डिस्क ब्रेक जडान गरिएको छ, जसले आपतकालीन अवस्थामा बाइकलाई चिप्लिनबाट जोगाउँछ ।

क्लासिक लुक्स मन पराउने र आधुनिक प्रविधिको खोजीमा रहेका दुवै वर्गका बाइक राइडरहरूका लागि यो नयाँ अपडेटेड क्लासिक ३५० एक उत्कृष्ट विकल्प बन्न सक्ने अनुमान गरिएको छ ।

IME Lifesidebar
kumari