stcnepal long ad
global ime bank long

पेट्रोलियम पदार्थको मूल्यमा कुनै परिवर्तन भएन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। निगमले बुधबार जारी गरेको सूचनाअनुसार हाल काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १९५ रुपैयाँमै बिक्री हुनेछ।

निगमले पछिल्ला महिनादेखि पश्चिम एसियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उतारचढावमा रहेको जनाएको छ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा लागू हुने स्वचालित मूल्य प्रणालीअनुसार नियमित रूपमा मूल्य समायोजन गर्न कठिनाइ भएको पनि निगमले उल्लेख गरेको छ।

IME Lifesidebar
kumari