stcnepal long ad
ime life insurance
national life
global ime bank long

फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सन् २०२२ को उपविजेता फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश गरेको छ । फ्रान्सलाई २-० ले हराउँदै स्पेनले १६ वर्षपछि विश्वकपको फाइनल यात्रा तय गरेको हो । स्पेनले यसअघि सन् २०१० को संस्करणमा विश्वकपको उपाधि उचालेको थियो ।

स्पेनको जितमा मिकेल ओर्याजबल र पेड्रो पोरोले गोल गरे । खेलको २१ औँ मिनेटमा फ्रान्सका लुकास डिग्नेले पेनाल्टी एरियामा लेमिन यामललाई फाउल गरेका थिए । त्यसपछि स्पेनले पेनाल्टीको मौका पाएको थियो । उक्त मौकाको सदुपयोग गर्दै ओर्याजबलले स्पेनलाई पहिलो अग्रता दिलाए ।

खेलको ५८ औँ मिनेटमा पेड्रो पोरोले गोल गर्दे अग्रता दोब्बर बनाए । खेलको ६१ औँ मिनेटमा लेमिन यामलले प्रहार गरेको बलले जाली चुमेको थियो । उनको अफसाइड पोजिसनका कारण उक्त गोलले मान्यता पाएन ।

स्पेनसँग हारसँगै फ्रान्सले लगातार तेस्रोपटक फाइनल पुग्ने राष्ट्रको रूपमा रेकर्ड बनाउन असफल भयो । प्रतियोगिताभर फ्रान्स पहिलोपटक गोलविहीन बन्यो । फाइनलमा स्पेनले अर्जेन्टिना र इंग्ल्यान्डको खेलबाट तय हुने विजेताको समाना गर्नेछ ।

IME Lifesidebar
kumari