वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकका लागि आवेदन खुला
काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ।
मन्त्रालयले मंगलबार सूचना प्रकाशित गर्दै योग्य र इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो। उक्त सूचना गोरखापत्र दैनिकमार्फत सार्वजनिक गरिएको छ।
वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ३० बमोजिम आवश्यक न्यूनतम शैक्षिक योग्यता तथा अनुभव भएका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र मन्त्रालय अन्तर्गत रहेको सिफारिस समितिको सचिवालय, प्रशासन महाशाखामा दरखास्त पेश गर्न सक्नेछन्।
मन्त्रालयले तोकिएको योग्यता र अनुभव पूरा गरेका इच्छुक नेपाली नागरिकलाई निर्धारित समयभित्र आवेदन दिन आग्रह गरेको छ।


























