stcnepal long ad
ime life insurance
national life
global ime bank long

फार्मेसी अधिकृतसहित आठ जनाविरुद्ध दुई करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । निजामति कर्मचारी अस्पताल, नयाँ बानेश्वर काठमाडौँको फार्मेसी युनिट ईन्जार्च तथा फार्मेसी अधिकृत दिपा ढुङ्गानासहित आठ जनाविरुद्ध दुई करोड ९१ लाख ३४ हजार ५४७ रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार ढुङ्गानासहित सो अस्पतालका फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी सहायक लबेन्द्र कुँवर, फार्मेसी युनिट इन्चार्ज तथा वरिष्ठ फार्मेसी सहायक दिनेश पन्त, फार्मेसी इन्चार्ज तथा फार्मेसी सहायक दिपक सापकोटा, स्टोर किपर तथा वरिष्ठ फार्मेसी सहायकद्वय विनोद पोखरेल, शर्मीला श्रेष्ठ, फार्मेसी सहायकद्वय केशव राज न्यौपाने र सन्दिप तिवारीविरुद्ध सो भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आयोगका अनुसार उनीहरुमाथि सो अस्पतालको फार्मेसीमा रहेका म्याद सकिएका तथा म्याद सकिन लागेका औषधीहरु आपूर्तिकर्ता फर्म र अस्पतालबिच भएको सम्झौताका शर्तबमोजिम फिर्ता गर्नुपर्नेमा सो नगरी, नगराई सार्वजनिक सम्पत्ति हिनामिना गरी हानिनोक्सानी पुर्‍याएको आरोप लागेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो रकम दुई करोड ९१ लाख ३४ हजार ५४७ रुपियाँ कायम गरी कैद र जरिवाना हुन मागदाबी लिइ बुधबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari