stcnepal long ad
ime life insurance
national life
global ime bank long

९ वटा ठेकेदार कम्पनी कालोसूचीमा, तीन वर्षसम्म ठेक्का नपाउने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले नौवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३(१) अनुसार मंगलबार उक्त निर्णय गरेको हो।

कार्यालयले जारी गरेको सूचनाअनुसार दोलखास्थित ओमबुद्ध कन्स्ट्रक्सन प्रालिलाई सबैभन्दा बढी तीन वर्षका लागि कालोसूचीमा राखिएको छ।

त्यसैगरी लोहनी एण्ड ब्रदर्श प्रालि (चितवन), सेभिका कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सल्टेन्सी (सुर्खेत) र राजेन्द्र/थेगिम जेभी (कैलाली) लाई एक वर्ष छ महिनाका लागि सार्वजनिक खरिद प्रक्रियाबाट प्रतिबन्ध लगाइएको छ।

एक वर्षका लागि कालोसूचीमा परेका कम्पनीहरूमा कृष्ण कन्स्ट्रक्सन (जाजरकोट), सेभिका/बेहडाबाबा जेभी (कैलाली), विजयश्वरी निर्माण सेवा (जाजरकोट), दिनकर कन्स्ट्रक्सन प्रा.लि. (सर्लाही) तथा ललिता अम्बाय सप्लायर्स एण्ड कन्स्ट्रक्सन कम्पनी (इलाम) रहेका छन्।

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार सम्बन्धित सार्वजनिक निकायहरूको सिफारिसका आधारमा ती कम्पनीहरूलाई कालोसूचीमा राख्ने निर्णय गरिएको हो ।

निर्धारित अवधिसम्म कालोसूचीमा परेका यी निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले नेपालभरका कुनै पनि सरकारी वा सार्वजनिक निकायले सञ्चालन गर्ने खरिद प्रक्रिया, ठेक्का तथा बोलपत्रमा सहभागी हुन पाउने छैनन्।

prabhu mahalaxmi
kumari