stcnepal long ad
global ime bank long

नेपालको पहिलो ओटीटी एप नेटटिभीले पायो सरकारी लाइसेन्स

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको डिजिटल मनोरञ्जन क्षेत्रमा सक्रिय नेट टिभी प्रालिले ओटीटी प्रसारण सेवा सञ्चालनका लागि नेपाल सरकारबाट आधिकारिक इजाजत पत्र प्राप्त गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागले कम्पनीलाई ओटीटी प्रसारण सेवाको लाइसेन्स प्रदान गरेको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरन राजभण्डारीले यसलाई नेपालको डिजिटल मनोरञ्जन क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन्।

नेटटिभीले सन् २०१७ मा नेपालकै पहिलो ओटीटी एप सार्वजनिक गरेको थियो। कम्पनी नेपालकै पहिलो आईपीटिभी सेवा प्रदायक पनि हो।

भिडियो स्ट्रिमिङ र डिजिटल कन्टेन्ट वितरणको क्षेत्रमा अग्रणी भूमिका खेलेको कम्पनीले सरकारी लाइसेन्स प्राप्त गरेसँगै आफ्नो सेवा थप औपचारिक र व्यवस्थित रूपमा विस्तार गर्ने जनाएको छ।

लाइसेन्स प्राप्त भएसँगै नेटटिभीले आफ्नो एप तथा वेबसाइटमार्फत नेपालभर २४सै घण्टा ओटीटी प्रसारण सेवा सञ्चालन गर्न पाउने भएको छ।

कम्पनीका अनुसार अब नेपाली, अङ्ग्रेजी, हिन्दी लगायतका भाषाका इजाजतप्राप्त टेलिभिजन च्यानल, अनुमति प्राप्त विदेशी कार्यक्रम तथा विभिन्न डिजिटल कन्टेन्टहरू आधिकारिक रूपमा प्रसारण गरिनेछ।

नेटटिभीमा हाल १,००० भन्दा बढी चलचित्र, ब्लकबस्टर फिल्म, वेब सिरिज, स्वदेशी तथा विदेशी ड्रामा, लाइभ स्पोर्ट्स, लाइभ टेलिभिजन तथा विभिन्न मनोरञ्जनात्मक सामग्री उपलब्ध रहेको कम्पनीले जनाएको छ।

IME Lifesidebar
kumari