stcnepal long ad
ime life insurance
global ime bank long

युनाईटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्सले साधारण सभा बोालाएको छ । कम्पनीले असार ३१ गते काठमाडौं भाटभटेनीस्थित अम्रपाली ब्याकेटमा बिहान १०ः३० बजे साधारणसभा डाकेको छ। साधारणसभामा गत आर्थिक बर्षको प्रतिवेदन पारित गर्ने, नयाँ लेखापरिक्षक नियुक्त गर्ने र्निाय गरेको छ।

त्यस्तै, कम्पनीमा हाल कायम रहेको २ अर्ब ३१ करोडमा ०.२२५६ प्रतिशतका दरले नगद लाभांश बाउन्न लाख दश हजार पाँचसय छविस पैसा बत्तिस रुपैयाँ प्रस्तावित लाभांशको कर प्रायोजनार्थ पारित गर्ने निर्णय गर्ने भएको छ ।

सञ्चालक समितिबाट प्रस्ताव गरिएको हाल चुक्ता भएको पूँजी रु.२,३१,००,००,०००/– (अक्षरेपी दुई अर्ब एकतीस करोड) को ४२८५७ ( चार दशमलव दुई आठ पाँच सात) प्रतिशतले हुन आउने रकम रु.९,९०,००,०००/– (अक्षरेपी नौ करोड नब्बे लाख ) बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने बारे निर्णय गर्ने भएको छ ।

त्यस्तै, बिशेष एजेण्ठामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत साधारण सभाबाट कायम भएको जारी पूँजी रु.२,५४,१०,००,०००।– (अक्षरेपी दुई अर्व चौवन्न करोड दश लाख) मा वोनस शेयर जारी गरे पश्चात कम्पनीको जारी पूँजी रु. २,६४,००,००,०००/– (अक्षरेपी दुई अर्ब चौसट्ठी करोड ) पुग्ने हुँदा र सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने बिषयमा पनि छलफल गर्ने भएको छ ।

संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायहरुवाट कुनै फेरबदल, थपघट गर्न निर्देशन प्राप्त भएमा सो अनुसार फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अघि बढाउने भएको छ ।

prabhu mahalaxmi
kumari