stcnepal long ad
ime life insurance
global ime bank long

सिटिजन्स बैंक इन्टरनेशनलको आज असार ३ गते विशेष साधारण सभा 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको गत २०८३ जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले आज असार ३ गते बुधबार बैंकको दरबारमार्गस्थित  नारायणहिटी पथ मुख्य कार्यालयमा बिहान ९:०० बजे आठौं विशेष साधारण सभा बोलाएको छ।

उक्त साधारण सभाले १०० रुपैयाँका दरले २ अर्ब रुपैयाँ बराबरको ‘७.५ प्रतिशत सिटिजन्स अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने, यसका लागि आवश्यक पर्ने अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने र संरचना संशोधन गर्ने, बैंकको समूहगत शेयर स्वामित्वलाई थप स्पष्ट पार्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश गरि साधारण सभाबाट पारित गर्नेछ।

यसका साथै साधारण सभाले समूह ‘क’ का संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक एक जना र समूह ‘ख’ का सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालक निर्वाचन गर्ने भएकाे छ।

prabhu mahalaxmi
kumari