घोराही सिमेन्टको ४ करोड बढी सेयरको लकइन असार ३१ गते सकिँदै
काठमाडौं । घोराही सिमेन्ट उद्योगको ४ करोड बढी कित्ता सेयरको लकइन सकिने भएको छ । कम्पनीको संस्थापक, उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीको नाममा रहेको ४ करोड ४ करोड ३ लाख १८ हजार १११ कित्ता सेयरको लकइन असार ३१ गते सकिने भएको हो ।
कम्पनीका अनुसार संस्थापक सेयरधनीको ४ करोड १ लाख ९५ हजार ६३४ कित्ता, उद्योग प्रभावित क्षेत्रका बासिन्दाको २४ हजार ७०५ कित्ता र कर्मचारीको ९७ हजार ७७२ कित्ता सेयरको लकइन सकिन लागेको हो ।
लकइन अवधि समाप्त भएसँगै सम्बन्धित सेयरधनीले प्रचलित कानुन तथा नियमअनुसार ती सेयर कारोबार गर्न सक्नेछन् ।
सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ । घोराही सिमेन्ट उद्योगको सेयर रजिष्ट्रार हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।





























