stcnepal long ad
ime life insurance
national life
global ime bank long

फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदैछ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै छ । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगितालाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण मानिएको छ ।

यो विश्वकपमा ४८ राष्ट्रले सहभागिता जनाएका छन् । जुलाई १९ सम्म सञ्चालन हुने प्रतियोगितामा कुल १०४ खेल खेलाइनेछन् । यस विश्वकपमा साविक विजेता अर्जेन्टिनासँगै ब्राजिल, फ्रान्स, जर्मनीजस्ता बलिया टोलीहरू उपाधिका प्रमुख दाबेदार मानिएका छन् ।

उद्घाटन खेलमा मेक्सिकोको प्रसिद्ध ‘एस्टाडियो एज्टेका’ रंगशालामा घरेलु टिम र दक्षिण अफ्रिका खेल्नेछन् । नेपाली समयअनुसार यो खेल मध्यराति १२ : ४५ बजे सुरु हुनेछ ।

विश्वभरका फुटबल समर्थक अहिले आफूलाई मनपर्ने फुटबल टिमको जर्सी लगाएर फुटबल महाकुम्भमा होमिएका छन् ।यसपटक विश्वको कुल जनसंख्यामध्ये ५८ प्रतिशतले विश्वकप हेर्ने अनुमान गरिएको छ । १९ जुलाईमा अमेरिकाको न्युयोर्कमा हुने फाइनल खेलपछि विश्वकप समापन हुनेछ ।

IME Lifesidebar
kumari