भक्तपुर नगरव्यापी दाफा प्रदर्शनी सम्पन्न
eQmk'/, !^ h]7 . eQmk'/ gu/kflnsfåf/f cfof]lht æeQmk'/ gu/JofkL bfkmf k|bz{gL @)*#Æ zlgjf/ ;dfkg sfo{qmddf ;xeflu x'b} }{ g]dlskfsf ;lrj k|]d ;'jfn . tl:j/ M /d]z lu/L, /f;;
भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा आयोजित ‘भक्तपुर नगरव्यापी दाफा प्रदर्शनी २०८३’ मा उत्कृष्ट पाँच टोलीलाई सम्मान गरिएको छ । भक्तपुरमा शुक्रबार सुरु भएर शनिबार सम्पन्न प्रदर्शनीमा ४६ टोलीले विभिन्न दाफा भजन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं पूर्वसांसद प्रेम सुवालले यहाँको ऐतिहासिक, सांस्कृतिक तथा कलात्मक महत्वबारे चर्चा गर्नुभयो ।
कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले यहाँका मूर्त तथा अमूर्त सम्पदाको संरक्षण एवं संवर्द्धनमा निरन्तरता दिँदै आएको बताउनुभयो । सम्पदा पुनर्निर्माणमा नगरपालिकाले विदेशी सहयोग नलिएको र जनताको सहयोग एवं सहभागितामै काम गरिरहेको भन्दै उहाँले नगरपालिकाले एक सय ७८ सम्पदाको पुनर्निर्माण सम्पन्न गरिसकेको बताउनुभयो ।
दाफा प्रदर्शनीमा उत्कृष्ट घोषित कुथुछे दाफा भजन, खिँछे दाफा भजन, ज्याथा गणेश दाफा भजन, लाकोलाछें चपाल दाफा भजन र लाकोलाछें त्वाले दाफा भजनलाई उत्कृष्ट घोषणा गरी लालाखिङ, तँ, झ्यालिन्चा र प्रत्येक टोलीलाई रु १५ हजार पुरस्कार प्रदान गरेको उहाँले बताउनुभयो ।


























