stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले तीन जना संस्थापक शेयरधनीहरूको नाममा रहेको १७ हजार ३२७ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ।

कम्पनीले संस्थापक शेयरधनी विजय कुमार खेतानको नाममा रहेको ८ हजार १३ कित्ता, मनोज कुमार सिग्देलको नाममा रहेको ४ हजार ३१४ कित्ता र सरस्वती दुवाडीको नाममा रहेको ५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

संस्थापक शेयर बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिनुपर्ने नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम विद्यमान संस्थापक शेयरधनीहरूलाई यस अघिनै ३५ दिने सूचना प्रकाशित गरिएकोमा रीतपूर्वक निवेदन प्राप्त हुन नआएकाले सर्वसाधारणका लागि बिक्री खुला गरिएको जनाएको छ।

उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशति मिति (जेठ १३ गते) ले ३५ दिनभित्र आवश्यक कागजात सहित कार्यालय समयमा काभ्रेपलाञ्चोकको बनेपा–५ स्थित कम्पनीको केन्द्रीय कार्यालयको प्रशासन विभागमा लिखित निवेदन दिनु पर्नेछ।

 

prabhu mahalaxmi
kumari