stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल उद्योग वाणिज्य महासंघमा अन्जन श्रेष्ठको दुई तिहाई बचस्व

उद्योग व्यवसायमैत्री वातावरण निर्माण गर्न सकृय

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को गत शुक्रबार सम्पन्न निर्वाचनले महासंघभित्रको शक्ति समीकरण पूर्ण रूपमा बदलिएको छ ।

अध्यक्ष अन्जन श्रेष्ठले बनाएको रणनीतिक टिमले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष दुवै पदमा सहजै जित निकाल्दै महासंघमा आफ्नो पक्ष बलियो बनाएको मात्रै छैन,करिव करिव एकल नियन्त्रण स्थापित गर्न सफल भएको छ। श्रेष्ठको प्रतिस्पर्धी हेमराज ढकाल समूह अतिनै कमजोर देखिएको छ ।

महासंघको भावी अध्यक्ष मानिने वरिष्ठ उपाध्यक्ष पदमा अध्यक्ष श्रेष्ठ समर्थित सुरकृष्ण वैद्य विजयी भएका छन । वैद्यले ५६ मत प्राप्त गर्दा प्रतिस्पर्धी रामचन्द्र सांघाईले ३० मत पाएका थिए ।

हेमराज ढकाल समुहले पनि उनलाई खासै सहयोग गरेको थिएन। महासंघका एशोसिएटस उपाध्यक्ष प्रवलजंग पाण्डेले वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाई र कोषाध्यक्षमा अम्बिका प्रसाद पौडेलललाई उठाएका थिए।

कोषाध्यक्षमा त पौडेलले २५ मत मात्र पाएका थिए। उनका प्रतिस्पर्धी मनिषलाल प्रधानले ६१ मत ल्याएर विजय हासिल गरेका थिए। चुनावअघि नै महासंघभित्र ‘निर्णायक भिडन्त’का रूपमा हेरिएको यो प्रतिस्पर्धामा वैद्यले सहज अन्तरले जित निकाल्नु अन्जन श्रेष्ठ समूहको संगठित शक्ति प्रदर्शनका रूपमा हेरिएको छ ।

त्यस्तै कोषाध्यक्ष पदमा पनि अध्यक्ष श्रेष्ठ प्यानलले एकतर्फी जित निकाल्यो । मनिषलाल प्रधानले ६१ मत प्राप्त गर्दै विजयी हुँदा प्रतिस्पर्धी अम्बिका प्रसाद पौडेलले केवल २५ मत प्राप्त गरेका थिए । मत परिणामले महासंघभित्र अहिले कसको प्रभाव बलियो छ भन्ने स्पष्ट चित्र देखाएको छ ।

८६ सदस्यीय महासंघमा अध्यक्ष अन्जन श्रेष्ठको पक्षमा वस्तुगत उपाध्यक्ष बाहेक सबै पदाधिकारी र करिव ५७ जना सदस्य पक्षमा देखिएका छन। महासंघमा अध्यक्ष श्रेष्ठले ६ जना सदस्य मनोनित गरेका छन। एक जना महिला कार्यकारिणी सदस्य मनोनित गर्न बाँकी छ।

निर्वाचन परिणामसँगै महासंघभित्र सबैभन्दा बढी चर्चा हेमराज ढकाल समूहको कमजोर उपस्थितिको भइरहेको छ । केही वर्षअघिसम्म महासंघमा निर्णायक प्रभाव राख्ने चण्डीराज ढकाल समूह यसपटक भने आफ्ना समर्थित उम्मेदवारलाई जिताउन पूर्ण रूपमा असफल देखिएका छन ।

महासंघका धेरै प्रतिनिधिले खुला रूपमा अन्जन श्रेष्ठ नेतृत्व समुहलाई साथ दिएपछि ढकाल समूहको पकड खुकुलो बन्दै गएको विश्लेषण गरिएको छ ।

महासंघभित्रको आन्तरिक राजनीतिमा प्रभावशाली मानिने समूहहरू महेशलाल प्रधान, इन्द्रभक्त श्रेष्ठ, प्रदिप कुमार श्रेष्ठ, विनोद बहादुर श्रेष्ठ, कुश कुमार जोशी, प्रदिप पाण्डे, प्रदिप मुरारका, भवानी राणा जस्ता धेरै उद्यमी व्यवसायीहरू अन्जनका पक्षमा खुलेर लागेका थिए।

ठुला व्यापारीक घराना श्रेष्ठका पक्षमा ढल्किएकै कारण महासंघमा भारि मतका साथ दुई तिहाइ पदाधिकारी र कार्यकारिणी सदस्य जित्न सफल भएका छन। चुनावअघि विभिन्न तहमा भएको समन्वय, रणनीतिक टिम व्यवस्थापन र मतदातासँगको निरन्तर संवादले श्रेष्ठ समूहलाई निर्णायक लाभ पुगेको महासंघ स्रोतको दाबी छ ।

विशेषगरी वरिष्ठ उपाध्यक्ष पदको नतिजालाई आगामी महासंघ नेतृत्वको भविश्यसँग जोडेर हेरिएको छ । महासंघको परम्पराअनुसार वरिष्ठ उपाध्यक्ष नै भावी अध्यक्ष बन्ने अभ्यास रहेकाले सुरकृष्ण वैद्यले भारि मतले जितेकाले आगामी नेतृत्वको मार्ग लगभग तय भएको सन्देश दिएको छ ।

अन्जन श्रेष्ठको समुहबाट भावी अध्यक्ष वैद्य हुन सक्ने देखिन्छ। उता, लगातार चुनावी हारपछि ढकाल समूहभित्र रणनीति र नेतृत्व शैलीबारे समीक्षा सुरु हुने संकेत देखिएको छ । महासंघमा लामो समय प्रभाव कायम राखेको त्यो समूह यसपटक मतदातालाई आफ्नो पक्षमा तान्न असफल भएपछि त्यसलाई ‘प्रभाव क्षयीकरण’को संकेतका रूपमा हेरिएको छ ।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै महासंघभित्र अब अन्जन श्रेष्ठ समूहको निर्णायक कमाण्ड स्थापित भएको छ। महासंघलाई आफ्नो भिजन अनुसार अगाडि बढाउन मार्ग खुलेको छ।

निजी क्षेत्रका एजेन्डा, सरकारसँगको सम्बन्ध, लगानी वातावरण र महासंघको आगामी नीतिगत नेतृत्व कायम गर्न अन्जन समुहलाई सहज भएको छ। निर्णय गर्नलाई कुनै असहज नहुने देखिन्छ।

वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधानलाई हराउन रामचन्द्र संघाई र अम्बिका प्रसाद पौडेललाई बोकि हिडेका एशोसिएटस उपाध्यक्ष प्रवलजंग पाण्डेले पनि निर्वाचनमा नराम्रो झापड भेटेपछि अहिले पछुताउदै अन्जन श्रेष्ठ समुहमै टासिन आइपुगेका छन। यसले पनि महासंघमा अध्यक्ष श्रेष्ठको प्रभाव अझ बलियो हुने अनुमान गरिएको छ ।

IME Lifesidebar
kumari