क्यान्सरको प्रभावकारी उपचारमा किष्ट र मेदान्ताबीच सहकार्य
काठमाडौँ । क्यान्सरको उपचारसम्बन्धी सेवालाई विशेषज्ञसहित अत्याधुनिक र बहुविषयगत बनाउन किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ता गुरुग्रामबीच सहकार्यमा भएको छ ।
हाल नेपालमा रहनुभएका मेदान्ता गुरुग्रामका क्यान्सर रोग विशेषज्ञ डा सत्यपाल कटारियासहितको टोलीसँगको छलफलपछि सहकार्य गरी सेवालाई थप प्रभावकारी बनाउने विषयमा विमर्श भएको हो ।
मेदान्तासँगको सहकार्यले नेपालका क्यान्सर बिरामीलाई अन्तरराष्ट्रियस्तरको विशेषज्ञ सेवा सहज रूपमा उपलब्ध गराउन सकिने भएको किष्ट अस्पतालका क्यान्सर उपचार सेवा विभागका प्रमुख प्राडा विष्णुदत्त पौडेलले बताउनुभयो ।
छलफलमा किस्ट शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सकका साथै विभिन्न अस्पताल तथा संस्थाबाट आएका वरिष्ठ चिकित्सक तथा चिकित्सा विशेषज्ञको सहभागिता थियो । उहाँहरूबीच क्यान्सर उपचारका नवीनतम् प्रविधि, जटिल बिरामीको बहुविषयगत व्यवस्थापन तथा अन्तरराष्ट्रिय सहकार्यका विषयमा छलफल भएको थियो ।
डा. पौडेलका अनुसार किष्ट अस्पतालमा अनुभवी क्यान्सर शल्य चिकित्सक, क्यान्सर रोग विशेषज्ञ, रक्तसम्बन्धी क्यान्सर विशेषज्ञ तथा अन्य विशेषज्ञको टोलीमार्फत टाउकोदेखि खुट्टासम्म हुने सबै प्रकारका क्यान्सरको पहिचान, शल्यक्रिया तथा उपचार सेवा उपलब्ध हुँदै आएको छ ।
किस्ट क्यान्सर केन्द्रले टेलिमेडिसिन ९प्रविधिको प्रयोग गरेर टाढैबाट बिरामीको जाँच, परामर्श र उपचार गर्ने प्रक्रिया० मार्फत दोस्रो राय तथा टेली परामर्श सेवासमेत प्रदान गर्दै आएको छ ।
























