stcnepal long ad
ime life insurance
national life
global ime bank long

श्रेष्ठ दम्पतीले आइएमई लाइफको बीमा पोलिसी छोरीलाई दिए उपहार

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । आजको बदलिँदो सामाजिक परिवेशमा जन्मदिन,विवाह वा विशेष अवसरहरूमा उपहार दिने परम्परा मात्र होइन, पछिल्लो समय सफलताको उत्सवलाई पनि भविष्य सुरक्षा र दीर्घकालीन योजनासँग जोड्ने सकारात्मक अभ्यास विस्तार हुँदै गएको छ। यसले उपहारको अर्थलाई अझ गहिरो, जिम्मेवार र अर्थपूर्ण बनाइदिएको छ।

यसै सन्दर्भमा भद्रपुर–०८, झापा निवासी कृष्ण तुलाधर र सिरिना श्रेष्ठले आफ्नी कान्छी छोरी निकोल तुलाधरले माध्यमिक शिक्षा परीक्षामा हासिल गरेको उत्कृष्ट सफलताको खुसीलाई केवल उत्सवमा सीमित नराखी, त्यसलाई भविष्य सुरक्षासँग जोड्दै अत्यन्त प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन् ।

उनले आइएमई लाइफको बिर्तामोड शाखाबाट आफ्नाी छोरीलाई बीमा पोलिसी उपहार स्वरुप प्रदान गरेका हुन् । उक्त पोलिसी कोशी प्रदेश प्रमुख मिलन दाहाल, कोशी कर्पोरेट सेल्स संयोजक गगन सिटौला, कोशी प्रदेश संयोजक बिनिसा खतिवडा, शाखा प्रमुख केशव पौडेल तथा सिनियर एजेन्सी म्यानेजर हरिसरण लम्साल लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।

निकोल तुलाधरले आफ्ना बाबु–आमाले सुरु गरेको अनिवार्य बचत र भविष्य सुरक्षाप्रतिको जागरुकताले आफ्नो उच्च शिक्षाको भविष्य यात्रा अझ उत्साहपूर्ण बनेको धारणा कार्यक्रममा व्यक्त गरिन् ।

छोरीलाई बीमा पोलिसी उपहार दिँदै कृष्ण तुलाधरले भने, “फजुल खर्चभन्दा बचत, सुरक्षा र भविष्यको योजना नै परिवारप्रतिको साँचो जिम्मेवारी हो।

आजको सही निर्णयले भोलिको जीवन सुरक्षित बनाउँछ।यो कदमले समाजलाई स्पष्ट सन्देश दिएको छ कि साँचो उपहार केवल वस्तु होइन, भविष्यप्रतिको सुरक्षा र जिम्मेवारी हो, जसले पुस्तौँसम्म सकारात्मक प्रभाव दिन्छ ।”

prabhu mahalaxmi
kumari