stcnepal long ad
global ime bank long

महासंघको उपाध्यक्षमा शर्मा र श्रेष्ठ विजयी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को हिजो बैशाख २२ गते सम्पन्न भएको नयाँ नेतृत्व चयन निर्वाचनको मतगणना परिणाम धमाधम आउन थालेको छ। जिल्लार नगर र वस्तुगतका उपाध्यक्ष र कार्यकारिणी सदस्य निर्वाचित भैसकेका छन।

एशोसिएटका उपाध्यक्ष,कार्यकारिणी सदस्य र द्विराष्ट्रिय सदस्यको मतगणना जारी रहेको छ। जिल्ला(नगरतर्फको उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन् ।

निर्वाचन परिणाम अनुसार शर्माले ८७ मत र श्रेष्ठले ८० मत प्राप्त गरि विजयी भएका छन् । शर्मा र श्रेष्ठ महासंघको स्वतः अध्यक्ष हुने अञ्जन श्रेष्ठ समूहका उम्मेदवार हुन ।

वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रहेका हेमराज ढकाल समूहबाट जिल्ला(नगर उपाध्यक्षतर्फ उम्मेदवार रहेका उमेश डालमियाले ५० मत र र कल्पना गैरेले ३० मत ल्याएका छन ।

जिल्लारनगरको खुल्ला कार्यकारिणी सदस्यहरूमा अर्जुन कुमार श्रेष्ठ, प्रयास कार्की, कृष्ण कातुवाल, लक्ष्मणराज पौडेल, छत्रधर आत्रेय, मोहन प्रसाद श्रेष्ठ, सन्तोष खड्का, दीपक नेपाल, केशव प्रसाद भण्डारी, हरि प्रसाद अर्याल, तारा बहादुर कार्की, शंकर गिरी, उज्ज्वल प्रसाद कसजु र सुदर्शन कार्की विजयी भएका छन् । यस्तै, गीता अमात्य र हिरा भट्टराई महिला सदस्यमा निर्वाचित भएका छन् । यसरी जिल्ला(नगरतर्फ १५ जना कार्यकारिणी सदस्य उम्मेदवार विजयी भएका छन् ।

जिल्ला र नगरको १२९ मत गणनाको आधारमा अर्जुन कुमार श्रेष्ठले ११० मत, प्रयास कार्कीले १११ मत, कृष्ण कातुवालले १०५ मत, लक्ष्मणराज पौडेल र छत्रधर आत्रेयले समान १०४/१०४ मत, मोहन प्रसाद श्रेष्ठ र सन्तोष खड्काले १०२/१०२ मत, दीपक नेपालले १०० मत, केशव प्रसाद भण्डारीले ९८ मत र गोकुल श्रेष्ठले ९७ मत प्राप्त गरी विजयी भएका छन् । यसैगरी, हरिप्रसाद अर्यालले ९२ मत, तारा बहादुर कार्कीले ९० मत, शंकर गिरीले ८६ मत, उज्ज्वल प्रसाद कसजुले ८२ मत र सुदर्शन कार्कीले ८१ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वस्तुगतको उपाध्यक्षमा श्रेष्ठ

यसैगरि महासंघको निर्वाचनमा वस्तुगततर्फको उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ६३ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी शिवप्रसाद घिमिरेलाई ३ मतले पराजित गरेका छन् । घिमिरेले ६० मत प्राप्त गरेका छन् ।

वस्तुगत उपाध्यक्षमा विजयी भएका श्रेष्ठ वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकाल समूहका हुन । यस्तै, वस्तुगततर्फको कार्यकारिणी सदस्यमा अरनिको राजभण्डारी, विदुर धमला, सागर ढकाल, रवीन पुरी, राज कुमार कार्की, पशुपतिदेव पाण्डे, लिलेन्द्र प्रसाद प्रधान, भक्त बहादुर हमाल, नानिराज घिमिरे, संघर्ष बिष्ट र होम प्रसाद घिमिरे निर्वाचित भएका छन् । महिला सदस्यतर्फ सुनिता नेहाफुकीले विजयी भएकी छिन ।

यसैगरी, निराजन चलाउने, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बन्जाडेले समान ५०(५० मत प्राप्त गरेका छन् । उनीहरूबीच गोलाप्रथा मार्फत कार्यकाल निर्धारण गरिने भएको छ । यी ४ मध्येबाट ३ जनाले गोलाप्रथाबाट निर्वाचन जित्ने छन ।

वस्तुगततर्फ १६ कार्यकारिणी सदस्य पदका लागि भएको निर्वाचनमा १३ जना निर्वाचित भएका छन् भने बाँकी ३ जनाबीच गोलाप्रथाबाट टुंगो लगाइने भएको छ ।

निर्वाचन परिणामअनुसार अरनिको राजभण्डारीले सर्वाधिक ७० मत प्राप्त गरी विजयी भएका छन् । यस्तै, विदुर धमलाले ६८ मत, सागर ढकालले ६८ मत, रवीन पुरीले ६६ मत, राज कुमार कार्कीले ६३ मत, पशुपतिदेव पाण्डेले ६२ मत, लिलेन्द्र प्रसाद प्रधानले ६२ मत, भक्त बहादुर हमालले ५६ मत, नानिराज घिमिरेले ५२ मत, संघर्ष बिष्टले ५१ मत र होम प्रसाद घिमिरेले ५१ मत प्राप्त गरी निर्वाचित भएका छन् । महिला सदस्यतर्फ सुनिता नेहाफुकीले ५४ मतसहित विजय हासिल गरेकी छिन् ।

वस्तुगतमा कुन–कुन पक्षले जिते ?

वस्तुगतको कार्यकारिणी सदस्यमा घिमिरे समुहबाट निर्वाचित हुनेहरूमा अरनिको राजभण्डारी, रवीन पुरी, राज कुमार कार्की, नानिराज घिमिरे, संघर्ष बिष्ट, होम प्रसाद घिमिरे र सुनिता नेहाफुकी सहित ७ जना छन भने श्रेष्ठ समुहबाट विदुर धमला, सागर ढकाल, पशुपतिदेव पाण्डे, लिलेन्द्र प्रसाद प्रधान र भक्त बहादुर हमाल श्रेष्ठ सहित ५ जना विजयी भएका छन।

यस्तै बराबर मत ल्याउनेमा रघुनन्दन मारु घिमिरे समूहका उम्मेदवार हुन् भने निराजन चलाउने, विप्लव अधिकारी र सुरज बन्जाडे श्रेष्ठ समूहबाट उम्मेदवार भएका हुन।

को हुन् श्रेष्ठ ?

वस्तुगत उपाध्यक्षमा विजयी भएका नरेशलाल श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत निर्यात प्रवर्द्धन समितिका पूर्व सभापति हुन। । उनी विगत करिब तीन दशकदेखि नेपालको निर्यात क्षेत्रमा सक्रिय रहँदै आएका छन ।

श्रेष्ठ यसअघि उनी वस्तुगततर्फ कार्यकारिणी सदस्यका रूपमा दुई कार्यकाल निर्वाचित भएका थिए र दुवै पटक उच्च मत प्राप्त गरेका थिए । साथै, उनले अघिल्लो कार्यकालमा निर्यात प्रवर्द्धन समितिमा सह–सभापतिको रूपमा पनि काम गरेका थिए ।

श्रेष्ठ नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघका अध्यक्ष समेत हुन । उनले ऊनी फेल्टलगायत नेपाली मौलिक उत्पादनहरूको निर्यातमार्फत विदेशी मुद्रा आर्जनमा योगदान दिँदै आएका छन् ।

यसका  अतिरिक्त श्रेष्ठ नेपाल(जर्मन चेम्बर अफ कमर्स र नेपाल निर्यात परिषद्का उपाध्यक्षसमेत हुन् । उनले हस्पिटालिटी, जलविद्युत् लगायत एक दर्जनभन्दा बढी कम्पनीमा लगानी गरेका छन ।

IME Lifesidebar
kumari