stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एशियन लाईफले ल्यायो जीवन मंगल सावधिक जीवन बीमा योजना

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एशियन जीवन मंगल (सावधिक) जीवन बीमा योजना सार्वजनिक गरेको छ ।

मंगलबार सार्वजनिक गरिएको यो जीवन बीमा योजनामा बीमा अवधि पुरा भएपछि बीमाङ्क र बोनशको सुविधासहित वार्षिक आय सुविधा, बीमाशुल्क छुट सुविधा र संस्कार खर्च सुविधा मूल बीमामै समावेश गरिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार, अन्य जीवन बीमा योजनाहरूमा अतिरिक्त बीमाशुल्क भुक्तानी गरेर थप सुविधाका रूपमा यी तीनवटा सुविधा समावेश गर्नुपर्ने बाध्यता रहेकोमा यो बीमा योजनामा बीमितले यी सबै सुविधा एकीकृतरूपमा प्राप्त गर्नेछन् ।

कम्पनीका अनुसार, यो बीमा योजनामा बीमा अवधिभित्र दुर्घटनाको कारण बीमितलाई स्थायी अङभङ भएमा बाँकी अवधिको बीमाशुल्क छुटसँगै जीविकोपार्जनका लागि बीमालेखको प्रत्येक वार्षिकोत्सव मितिमा बीमाङ्ककको १०(दश) प्रतिशतका दरले वार्षिक आय लाभ वापतको रकम प्रदान गरिनेछ।

साथै बीमा अवधि समाप्त भएपछि बीमितले बीमाङ्क रकम र बीमा अवधि समाप्ती सम्मकोे बोनश रकम बीमितले एकमुष्ठ भुक्तानी प्राप्त गर्नेछन् ।

यो बीमा योजनामा बीमितले थप बीमाशुल्क भुक्तानी गरी दुर्घटना मृत्यु लाभको सुविधा समेत यो बीमालेखमा समावेश गर्न सकिने सुविधा छ । ग्राहकले ५ वर्षदेखि १५ वर्षसम्मको अवधिको लागि १८ देखि ६० वर्ष उमेर सम्मको व्यक्तिले न्यूनतम ५० हजार रुपैयाँदेखि बीमाङ्क रोज्न सक्नेछन् ।

prabhu mahalaxmi
kumari