आजबाट भक्तपुरको मध्यपुर थिमी नगरपालिकाभित्र बजार र सार्वजनिक यातायात बन्द
भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले आज आइतबारदेखि सार्वजनिक यातायात र बजार बन्द गराउने भएको छ ।
कोरोना संक्रमण बढ्दै गएको र नेपाल कोरिया मैत्री अस्पताल समेत शिलबन्दी गरिएको भन्दै नगरपालिकाले आज साउन ३२ गतेदेखि भदौ ९ सम्म नगरभित्र सबै ब्यापार व्यवसाय बन्द गर्ने निर्णय गरेको हो ।
खाद्यान्न, पानी, ग्यास र औषधि पसल समेत विहान ११ बजेदेखि १ बजेसम्म मात्र खोल्न पाइनेछ । नगरभित्र सार्वजनिक यातायात बन्द गरिनेछ ।
अरनिको रागमार्गमा भने सार्वजनिक यातायात रोक्न, यात्रु चढाउन र ओराल्न नपाइने गरी चल्न दिइने मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले बताएका छन् ।



























