आज कांग्रेस संसदीय दलको बैठक
नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । सिंहदरबारमा बिहान ११ बजे बोलाइएको बैठकमा दलको नेता चयनबारे छलफल हुने सम्भावना रहेको बताइएको छ ।
कांग्रेस सांसद बासना थापाले औपचारिक एजेण्डा सार्वजनिक नभए पनि संसदीय दलको नेता चयनको विषय उठ्न सक्ने बताइन् ।
दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, भरतबहादुर खड्का र निस्कल राई लगायतको नाम चर्चामा छ ।
सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्य केसीले संसद् बैठक सञ्चालन गर्नुपर्ने भएकाले कांग्रेसले दलको नेता चयन ढिलाइ गरेको थियो । अब डोलप्रसाद अर्याल सभामुख चयन भइसकेपछि प्रक्रिया अघि बढ्ने भएको हो ।

























