citizens life insurance long ad
stcnepal long ad

एसवाई प्यानलको आइपीओ बाँडफाँट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एसवाई प्यानल नेपालको आइपीओ आज बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आज यो कम्पनीको आइपीओ बाँडफाँट गरिएको हो।

यो कम्पनीको ४० लाख ७६ हजार १५६ कित्ता आइपीओ गत कात्तिक १९ गतेदेखि कात्तिक २३ गतेसम्म बिक्री खुला गरिएको थियो।

धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार अन्तिम दिनसम्म यो आइपीओमा २१ लाख ८९ हजार ७७३ आवेदकबाट कुल २ करोड ५३ लाख ८१ हजार २० कित्ता शेयर माग भएको थियो।

जसमा २० लाख ८७ हजार ३२० आवेदकबाट माग भएको २ करोड ३१ लाख ७८ हजार ४७० कित्ता सदर भएको थियो भने १८ हजार ५४ आवेदकबाट माग भएको २ लाख २८ हजार ६५० कित्ता बदर भएको थियो।

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ४ लाख ७ हजार ६१५ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् भने तिनैमध्ये ६ जनाले थप १–१ कित्ता शेयर पाएका छन्। सदर आवेदकमध्ये १६ लाख ७९ हजार ७०५ आवेदकको हात खाली भएको छ।यो आइपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ।

IME Life
kumari