citizens life insurance long ad
stcnepal long ad

सानिमा बैंकको ३ लाख ३९ हजार बढी कित्ता शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा बैंकको ३ लाख ३९ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ३ लाख ३९ हजार ४८४ कित्ता शेयर बिक्रीमा राखिएको हो।

यो शेयर यसअघि बैंकका विद्यमान संस्थापक शेयरधनीका लागि बिक्री खुला गरिएकोमा निवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको हो।

बिक्रीमा राखिएको शेयरको मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले निवेदन पेस गर्दा उक्त मूल्य वा सोभन्दा बढी कबोल गर्नुपर्नेछ।

इच्छुक लगानीकर्ताले १५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। निवेदन काठमाडौंको नक्साल नारायणचौरस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

IME Life
kumari