citizens life insurance long ad
stcnepal long ad

खानीखोला हाइड्रोको हकप्रदमा आवेदन दिने म्याद दोस्रोपटक थपियो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीले लिमिटेडले भदौ ३ गतेदेखि बिक्रीमा ल्याएको हकप्रद शेयरमा आवेदन दिने म्याद दोस्रोपटक पनि थप भएको छ ।

कम्पनीले शुरुमा भदौ २३ गतेसम्म आवेदन दिन पाइने भनेको थियो । पर्याप्त आवेदन नपरेपछि म्याद थपेर भदौ ३१ गते पुर्‍याइएको थियो ।

तर, देशमा देखिएको पछिल्लो जेन–जी घटनाक्रमका कारण पुनः दोस्रोपटक असौज ६ गतेसम्मका लागि म्याद थप भएको कम्पनीले जनाएको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपियाँ बराबरको शतप्रतिशत अर्थात् प्रतिकित्ता १०० रूपियाँका दरले १ः१ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ । कम्पनीले हकप्रद प्रयोजनका लागि असार २७ गते एक दिन बुक क्लोज गरिसकेको छ ।

असार २६ गतेसम्म कायम रहेका शेयरधनीले कम्पनीले निष्कासन गर्ने हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

IME Life
kumari