stcnepal long ad
ime life insurance
national life
global ime bank long

वैकल्पिक विकास वित्त परिचालन विधेयक अर्थ समितिबाट पारित

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । राष्ट्रिय प्राथमिकताका आयोजनामा स्रोत जुटाउने उद्देश्यले ल्याइएको ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ प्रतिनिधि सभाको अर्थ समितिबाट सर्वसम्मत रूपमा पारित भएको छ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकलाई पारित गरेको हो। समिति सभापति सन्तोष चालिसेले विधेयकको प्रतिवेदन छिट्टै संसदमा प्रस्तुत गरिने बताए।

बैठकमा बोल्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो विधेयक पास भएपछि मुलुकको खर्च गर्ने क्षमताअनुसार पर्याप्त स्रोत जुटाउन सकिने विश्वास व्यक्त गरे।

यसले बजेटको अभावमा योजना कटौती गर्नुपर्ने हालको समस्या पनि समाधान गर्ने उनको भनाइ थियो। उनले विधेयकलाई छिटोभन्दा छिटो संसदमा प्रस्तुत गर्न आग्रहसमेत गरे।

अर्थमन्त्री पौडेलले यो विधेयकले विकासको गतिलाई तीव्रता दिन, विदेशी लगानी आकर्षित गर्न र पुँजी परिचालन गर्न थप प्रेरित गर्ने विश्वास व्यक्त गरे।

prabhu mahalaxmi
kumari