stcnepal long ad
ime life insurance
global ime bank long

सिटिजन लाइफ इन्स्योरेन्सको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन

२२ प्रतिशतले बढ्यो खुद बीमाशुल्क आर्जन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले गतआर्थिक वर्ष २०८१/८२को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । ५ अर्ब शेयर पूँजी भएको कम्पनीले गतआर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४२ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १.१६ प्रतिशतले घटेको हो।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले शेयर प्रिमियम सिर्षकमा ४४ करोड ९६ लाख रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्ती कोषमा २१ करोड ७९ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा १ अर्ब ३ करोड ९९ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा १४ अर्ब २८ करोड रहेको थियो । अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा गतआर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार ३९.०२ प्रतिशतले वृद्धि भएर १९ अर्ब ८५ करोड पुगेको छ ।

गत आर्थिक वर्ष २०८१/८२को चौथो त्रैमाससम्ममा कम्पनीले ७ अर्ब ५४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब २१ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लोआर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन २१.४४ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले पुनर्बीमा मार्फत ४१ करोड ६० लाख रुपैयाँ खर्चिएको छ । अघिल्लोआर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ३५ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

कम्पनीले यस अवधिमा ७ अर्ब १३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ८४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २२.०९ प्रतिशतले वृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले ७२ करोड ५४ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । अघिल्लोआर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६४ करोड ५५ लाख रुपैयाँ खर्चिएको थियो ।

कम्पनीले बीमा पोलिसी धितोमा राखी १ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ७५ करोड ४९ लाख कर्जा प्रवाह गरेको थियो । समिक्षा अवधिमा पोलिसी धितो राखी कम्पनीले प्रवाह गरेको कर्जा ३३.६८ प्रतिशतले वृद्धि भएको हो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८.५० रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १४८.७१ रुपैयाँ रहेको छ ।

prabhu mahalaxmi
kumari