stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

११ वाणिज्य बैंक वाध्यकारी मर्जरमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत एउटै व्यक्ति र समूहको लगानी भएका बैंक र वित्तिय संस्थालाई मर्जरमा बाध्यकारी बनाउने नीति ल्याएसंगै ११ वटा नेपालका राम्रा र ठूला भनिएका एनआईसी एशिया बैंक, एनएमबी बैंक, हिमालयन बैंक, लक्ष्मी बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक र पछिल्लो समय प्रगती पथमा हिडेका एनबी बैंक, एनसीसी बैंक, सीभिल बैंक, सिटिजन्स बैंक, प्राइम बैंक र सेञ्चुरी बैंक अब एक आपसमा गभिनै पर्ने निर्देशिका मार्फत राष्ट्र बैंकले निर्देशन नै दिएको देखिन्छ । नेपाल राष्ट्र बैंकले गत सोमबार नै एक निर्देशिका जारी गरि यस्ता बैंक र वित्तिय संस्था एक आपसमा गाभिनु पर्ने बताई सकेको छ ।

विभिन्न प्रोमोटर भएर व्यक्तिगत कम्पनी नै खडा गरि लगानी गरेकाहरुले कर्जा प्रवाहमा चलखेल गर्ने देखेपछि राष्ट्र बैंकले यस्तो निर्णय लिएको देखिन्छ ।

राष्ट्र बैंकको यस निर्देशिका जारी भएसंगै बिशाल ग्रुप समुहको लगानीमा रहेको एनआईसी एशिया बैंक र एनएमबी बैंक एक आपसमा गाभिनु पर्ने देखिन्छ ।

एनआईसी एशिया बैंकमा अध्यक्ष तुलसी राम अग्रवालको ४ लाख भन्दा बढी संस्थापक शेयर छ यस्तै प्रवन्ध निर्देशक रामचन्द्र संघाईको २८ लाख संस्थापक र १० लाख साधारण शेयर छ । यस्तै सोही समूहका व्यक्तिको एनएमबी बैंकमा ८ लाख भन्दा बढि संस्थापक शेयर छ ।

यस्तै एनबी ग्रुपको लगानीमा २ वटा बैंक सञ्चालनमा छन् । यस समूहको एनसीसी बैंकमा ३.७५ प्रतिशत हिस्सा शेयर छ । यही समूहका जीतवहादुर श्रेष्ठको एनबी बैंकमा २.७ प्रतिशत र लक्ष्मी बहादुर श्रेष्ठको ०.६३ प्रतिशत हिस्सा शेयर रहेको देखिन्छ ।

यी र यस्ता बैंकहरुलाई किन गाभिन र गाम्न लागिएको हो त भनी प्रश्न गर्दा नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणकर भट्टले  भने व्यापारिक स्वार्थ र वित्तिय स्वार्थबीचको जुन द्धन्द्ध छ । त्यसलाई निरुसाहित गर्ने र बैंकहरुलाई पूँजी बढाएर अगाडी बढ्ने नीति राष्ट्र बैंकको छ ।

त्यसैकारण मौद्रिक नीति मार्फत एकै समूह र व्यक्तिको लगानी भएका बैंकहरुलाई बाध्यकारी मर्जर गराउने नीति ल्याएको हो । उनीले दाबी गरे ।

यस्तै लक्ष्मी बैंकमा खेतान ग्रुपका दाजुभाइको ११ प्रतिशत शेयर छ भने हिमालयन बैंकमा ३.६ प्रतिशत शेयर छ । यस्तै नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डेको हिमालयन बैंकमा ४.५ प्रतिशत शेयर छ । यी तीनवटा बैंक मिल्दा ३३ अर्ब भन्दा बढिको एउटा बैंक बन्ने राष्ट्र बैंकको बुझाई छ ।

यस्तै सिभिल बैंक, सिटिजन्स बैंकमा प्रदिपजंङ पाण्डेको ठूलो हिस्सा शेयर छ । यी दुई बैंकलाई अब राष्ट्र बैंकले बाध्यकारी मर्जर गराउने प्रस्टै देखिन्छ ।

यस्तै सेञ्चुरी  बैंक र प्राइम कमर्सियल बैंकमा पनि एउटै समूह र परिवारका सदस्यहरुको ठूलो मात्रामा संस्थापक र सर्वसाधरण शेयर छ । यी दुई बैंक पनि अब मर्जरमा जाने निश्चित छ ।

११ वटा बैंक अब ५ वटा वाणिज्य बैंक बन्ने पर्ने बाध्यकारी मर्जरबाट देखिन्छ । यसबाट ११ सीइओ मध्ये ६ जनाको जागिर जाने छ भने दर्जन भन्दा बढि सञ्चालकले भत्ता पाउने छैनन् ।

यो आफैमा राम्रो पक्ष मान्न सकिन्छ । तर, हिजो इगोबाट टाढिएर बैंक खोलेका यी ११ बैंकका मालिकहरु ५ वटा बैंक बनाउने पक्षमा देखिदैनन् ।

तर, पनि राष्ट्र बैंकको बाध्यकारी मर्जरका कारण यी ११ बैंक मिल्नै पर्ने भने देखिएको छ । राष्ट्र बैंकले चाडो भन्दा चाडो एउटै समूहका बैंकलाई मर्जर गराउन आवश्यक भने देखिन्छ । सचेत भया । राजतिलक साप्ताहिक

prabhu mahalaxmi
kumari