भदौ १३ गते सगरमाथा इन्स्योरेन्सको वार्षिक साधारण सभा
काठमाडौं । सगरमाथा इन्स्योरेन्सले आगामी भदौ १३ गते वार्षिक साधारण सभा बोलाएको छ । बिहीबार बसेको सञ्चालक समितिको निर्णयले सो निर्णय गरेको हो ।
सभा कम्पनीको प्रधान कार्यालय भगवती मार्ग, नक्साल काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा कम्पनीले निर्जीवन बिमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने वा प्राप्ति गर्ने सम्बन्धी मुख्य प्रस्ताव पेस गर्दैछ । यसपटक लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव सभाको एजेन्डा छैन ।
यसर्थ, आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लगानकर्ताहरु लाभांश लिन बञ्चित हुनेछन् । आर्थिक वर्ष २०७५/७६ को नाफाबाट भने कम्पनीले ८६% बोनस वितरण गरेको थियो ।
सभामा आर्थिक वर्ष २०७५/७६ वार्षिक प्रतिवेदन पारित गरिनेछ । आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि छ ।



























