citizens life insurance long ad

आज मुस्लिम धर्मावलम्बी बकर इद मनाउँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । इस्लाम धर्मावलम्बीहरूको एक महत्वपूर्ण चाड ‘बकर ईद’ मुसलमान दिदीबहिनी दाजुभाईहरूले हर्षोल्लासका साथ मनाउने भएकोले ३८ जिल्लाका करिब १४ लाखको संख्यामा इस्लाम धर्मावलम्बी नागरिकहरू बसोबास गर्ने नेपालको लागि यो राष्ट्रिय चाडको रुपमा रहेको छ ।

बकरीदलाई ‘ईद–उल–अजहा’ को नामले पनि जानिन्छ । पैगम्बर हजरत इब्राहिमको पालादेखि नै नमाज अदा गरेपछि कुर्वानी (बलिदान) दिने चौध सय वर्षदेखिको सनातनी चलन यो ईदको सांस्कृतिक विशेषता हो ।

ईस्लाम धर्मावलम्बी नेपालीहरूमा लोकतन्त्र तथा राष्ट्रियताको भावना प्रबल रुपमा रहदै आएको छ । लिच्छबीकालदेखि नै नेपालमा बसोबासको इतिहास भएका मुसलमान समुदायले नेपाल एकीकरणको अभियानमा महत्वपूर्ण योगदान पुर्र्याएको इतिहास छ ।

अन्तर धार्मिक सहिष्णुताका साथै आपसमा शान्ति, सहअस्तित्व, सदभावना, भाईचारा र मेलमिलापका साथ बसोबास गर्दैआएको हाम्रो गौरवमय परम्परामाले इस्लाम संस्कृति हामी सबैको साझा निधिको रुपमा प्रतिष्ठापित छ ।

त्यसैले नेपालभित्र मनाईने यस्ता सांस्कृतिक अनुष्ठानप्रति हामी सबैले समान रुपमा गौरबबोध गर्नुपर्छ । नेपाली काँग्रेस इस्लाम धर्मावम्बी नागरिक समुदायको उच्चतम हित र समान हकको पक्षमा सदैव तपाईहरूकै साथमा छ । राष्ट्र भित्र मानिने हरेक धर्म र संस्कृतिका बिचकोआपसी सम्मान,सद्भाव र सहिष्णुता नै राष्ट्रिय एकताको आधारशिला हो ।

इस्लाम धर्मावलम्वीहरुको महत्वपूर्ण पर्व “बकर ईद” का सुअवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण मुस्लिम दिदीवहिनी तथा दाजुभाइहरुमा समृद्धि, सुख र शान्तिका लागि हार्दिक शुभकामना।

IME Lifesidebar
kumari