stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

राजधानी भित्रिनेले काेराेना भित्राए

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
काठमाडौं । नागढुङ्गा नाकाबाट मानिसहरू भित्रीएसगै काेराेना महामारी भित्रिदै आएकाे छ । नागढुंगा, दक्षिणकाली, सागा, बालाजु लगायतका नाकाहरूवाट राजधानी भित्रिनेकाे संख्या दिनानुदिन बढदैछ ।
नागढुंगा नाकावाट २०२६ सवारी साधनवाट हिजाे साउन १६ गते ४८७६ यात्रु काठमाडौ भित्रिएका छन । त्यसैगरि याे नाकावाट काठमाडौ बाहिर जाने २१३४ सवारी साधनहरूवाट ५५५५ यात्रु बाहिर गएकाे नागढुंगा ट्राफिक प्रहरी स्राेतले जानकारी दिएकाे छ।
यस्तै थानकाेट नाकावाट आएकाे खाद्यान्नकाे बिबरणमा साउन१६ गते बिहान ०६:०० बजे देखि १७ गते बिहान ०६:०० बजे सम्म खाद्यान्न १४४ वटा,ग्याँसको बुलेट ४ वटा ,काेईलाकाे २ गाडि,ग्यास सिलिन्डरका १७ वटा,ईन्धनका ट्यान्कर ३४ वटा, अक्सिजनकाे ग्यास गाडि १ वटा, तरकारीका ४५ वटा, फलफूलका २० वटा, दुधका टयाङकर १८ वटा, कुखुरा १६ वटा ,अण्डाका १७ वटा,औषधिका १२ वटा, सिमेन्टका २१५ वटा, छडका ४६ वटा, खसी–बाेकाका १० वटा, रागाका १० वटा, खुद्रा १८८ वटा र अन्य ५८ वटा भित्रीएका छन ।
यसैगरि ठुला मालबाहक गाडि ६४४ वटा , साना मालबाहक २१३ वटागरि कुल ८५७ मालबाहक गाडिहरू भित्रिएका छन । त्यस्तै यस नाकाबाट फर्केका सवारी साधनहरूकाे बिबरणमा ट्रक ४८७ वटा, ट्याङकर १० वटा,बुलेटकाे ५ वटा छन । यसरी बाहिरवाट राजधानी प्रवेश गर्ने अधिकांशहरूले काेराेना राेग ल्याउने गरेका छन ।
prabhu mahalaxmi
kumari