stcnepal long ad
ime life insurance
national life
global ime bank long

एनआईसी एसिया बैंकले चैत २५ गतेदेखि ऋणपत्र निष्कासन गर्दै 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एसिया बैंकले चैत २५ गतेदेखि वार्षिक ७ प्रतिशत ब्याजदरको ‘एनआईसी एशिया डिबेञ्चर २०९१’ निष्कासन गर्ने भएको छ ।

बैंकले ५ अर्ब रुपैयाँबराबरको ५० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो, जसको ६०% (३० लाख कित्ता) व्यक्तिगत तवरबाट र ४०% (२० लाख कित्ता) सर्वसाधारणका लागि बाँडफाँट हुनेछ । यसमध्ये ५% (१ लाख कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

न्यूनतम २५ कित्ता र अधिकतम २५ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। निष्कासन अवधि चैत २८ गतेसम्म हुनेछ । बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक, वित्तीय संस्था तथा ‘मेरो शेयर’ अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले बैंकलाई बीबीबी प्लस रेटिङ दिएको छ । ब्याज रकम प्रत्येक आर्थिक वर्षको अर्धवार्षिक रूपमा कर कटौतीपछि भुक्तानी गरिनेछ ।

IME Lifesidebar
kumari